कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नदीमा बेपत्ता युवक तीन दिनपछि मृत भेटिए

कान्तिपुर संवाददाता

दाङ — माछा मार्ने क्रममा राप्ती नदीमा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिनपछि सोमबार फेला परेको छ ।

शुक्रबार दिउँसो राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका राप्ती गाउँपालिका–३, मसुरीयाका ३७ वर्षीय रामचरण चौधरीको शव गढवा गाउँपालिका–१, जेठानगाउँस्थित राप्ती नदीघाटमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : आश्विन १५, २०८० १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?