संविधान प्रदत्त अधिकारको रक्षामा सबै जुट्नुपर्छ : पूर्वराष्ट्रपति यादव

परासी — गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानले प्रदान गरेको अधिकारको रक्षा र कार्यान्वयन आजको आवश्यकता भएको बताएका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउापालिका सूर्यपुरामा बीपी कोइरालाको शालिक अनावरण गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
‘संविधानले नेपालको सबै वर्ग र समुदायलाई अधिकतम अधिकार प्रदान गरेको छ । अब यसको कार्यान्वयनमा सबै जुट्नुपर्ने अवस्था छ,’ उनले भने, ‘राजनीतिक दलबीच आपसी सहमति र जनचाहनाअनुसार काम भएमा बल्ल संविधानको मर्म उजागर हुनेछ ।’
शालिक आवरण गर्दै यादवले दलगत स्वार्थभन्दा माथि उठेर बीपीको राष्ट्रवादलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । प्रतापपुर गाउापालिकाले वडा नम्बर ७ सूर्यपुरामा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको अर्धकदको शालिक निर्माण गरेको हो ।
प्रकाशित : आश्विन १५, २०८० १९:२६