तिलोत्तमामा कुटपिटबाट एकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा झैझगडाका क्रममा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा न ९ केवलानीमा सोमबार राति ८ बजेतिर मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये साथीभाइको कुटपिटबाट मकवानपुरको हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले जानकारी पाए लगत्तै घटनास्थल पुग्दा ३ जना घाइते अवस्थामा थिए भने अन्य ८ जनालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन २, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्