दाङमा छोराले गरे बाबुको हत्या


दाङ — दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।


मादक पदार्थ सेवन गरेका छोराले बिहीबार राति सुतिरहेको अवस्थामा बाबुलाई निर्घात कुटपिट गरी हत्या गरेको मल्ले जानकारी दिए ।कुटपिटमा संलग्न छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।