कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

सन्जु पौडेल

तिलोत्तमा — नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ ।

यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ ।

त्यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए ।

प्रकाशित : भाद्र २८, २०८० ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x