कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

सन्जु पौडेल

तिलोत्तमा — विभिन्न माग राख्दै रुपन्देहीको सामुदायिक विद्यालयका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो ।

रुपन्देहीमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल लागू गर्नुपर्ने, संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगी अवकाश पाएकालाई शिक्षकसरह सेवा सुविधा दिनुपर्नेलगायत माग राखी कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा नसमेटिएको भन्दै गत जेठ २१ गतेबाट धर्नामा रहेका विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा शिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका छन् । विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्नेलगायत मागप्रति सरकार उदासिन देखिएकाले विरोधमा उत्रिएको परिषद्का रुपन्देही जिल्ला अध्यक्ष होमप्रसाद ढकालले बताए । उनीहरुले विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको निर्देशनअनुसार ६ दिनसम्म शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका थिए । बजेटमा नसमेटिएको र विगतमा भएका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेशका सदस्य जीवन ज्ञवालीले बताए ।

‘विगतमा भएका सम्झौताप्रति सरकार जिम्मेवार नबनेकाले दबाब स्वरुप आन्दोलन सुरु गरिएको हो,’ ज्ञवालीले भने, ‘विद्यालय कर्मचारीका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’

मुलुकभरि ३५ हजार ६८ र रुपन्देहीमा करिब ५ सय बढी विद्यालय कर्मचारी कार्यरत छन् ।

प्रकाशित : जेष्ठ २६, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?