बुटवलबाट ८ लाख रुपैयाँभन्दा बढीका अवैध मोबाइल बरामद 

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले  बुटवलबाट ८ लाख ३० हजार रुपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको छ । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको हो । 

बुटवलबाट ८ लाख रुपैयाँभन्दा बढीका अवैध मोबाइल बरामद 

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार आइफोन ३ थान, रेडमी १५, सामसुङ ८, ओप्पो ४ थानसहित अन्य कम्पनीका मोबाइल पनि रहेका छन् । ती मोबाइल बुधबार साँझ बरामद गरिएको अर्यालले जनाए ।

बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?