नवजात शिशु मृत अवस्थामा फेला

रुपा गहतराज

बाँके — बाँकेको नेपालगनजमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित टाँगा स्टेसन नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त ६ माहिनाको गर्भको सालनालसहितको नवजात शिशु मंगलबार बेवारिसे अवस्थामा मृत फेला परेको हो ।

स्थानीयले दिएको जनकारीका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । मृतक नवजात शिशुलाई सोमबार राति नै उक्त टाँगा स्टेसनमा फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

नवजात शिशुको शवलाई पोष्ट मार्टमका लागि नेपालगनजको भेरी अस्पतालमा राखिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०८० १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?