सामूहिक करणी उद्योगमा पाँच जना पक्राउ


दाङ — दुई बालिकालाई सामूहिक जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई नाबालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ का १६ वर्षीय दुई बालकका साथै १८ वर्षीय दिलसान अहमद, गढवा–५ का २० वर्षीय सुहेल खान र शिवराज नगरपालिका–११ मैतहवा स्थायी घर भई हाल गढवा गाउापालिका–६ बस्ने ३० वर्षीय जादिव अली नाउ छन् ।


राप्ती गाउँपालिकाकी १४ वर्षीया र १२ वर्षीया दिदी बहिनीलाई जेठ १४ गते लमही नगरपालिका–५ स्थित एक केटाको कोठामा लगेर पाँच जनाले बलात्कार प्रयास गरेको जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजनकुमार गौतमले बताए । उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको गौतमले जानकारी दिए ।