रुपन्देहीबाट ११ लाख ४७ हजार बराबरको अवैध सामान बरामद  

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले ११ लाख ४७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको सामान छुट्टाछुट्टै दुई स्थानबाट बरामद गरेको हो ।

रुपन्देहीबाट ११ लाख ४७ हजार बराबरको अवैध सामान बरामद  

प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सोमबार साँझ ६ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका भगवानपुरमा भारतबाट नेपालतर्फ भन्सार छली लु १ च ३५२२ नं. को गाडीमा ल्याइएको काठको ढोका ५ वटा, पेन्ट (कलर) ३ बाल्टी (५० लिटर) र टायल ४० पेटीसहित ७ लाख ७ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मंगलबार भैरहवा भन्सार कार्यालय वेलहिया बुझाइएको छ ।

यस्तै प्रहरी टोलीले सोमबार साँझ सिद्धार्थनगर नगरपालिका आवारोडबाट ४ लाख ४० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । भारतको महाराजगन्ज घर भई हाल सिद्धार्थनगर बस्ने २४ वर्षका औरेन्ज चौहानले भन्सार छलेर लु १ ह २६४३ नम्बरको अटो रिक्सामा २४ पेटी टायल ल्याएका थिए । चौहानसहित बरामद गरिएका सामान र गाडी मंगलबार भैरहवा भन्सार कार्यालयमा पठाएको प्रहरी प्रवक्ता अर्यालले बताए ।


प्रकाशित : जेष्ठ २३, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?