नवलपुरमा एक हप्तामै सवारी चालक अनुमतिपत्र

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको यातायात व्यवस्था कार्यालयले एक हप्तामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिन सुरु गरेको छ । यसअघि बायोमेट्रिक गरेको दुई महिनासम्म पनि लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल)को पालो पर्खनुपर्ने अवस्था थियो ।

नवलपुरमा एक हप्तामै सवारी चालक अनुमतिपत्र

तर, हाल सवारी चालक अनुमतिपत्रको अनलाइन फारम भरेको एक/दुई दिनमै बायोमेट्रिक र एक हप्ताभित्र सेवाग्राहीले लिखित र प्रयोगात्मक दुबै परीक्षामा सहभागी हुन पाएका छन् ।

आइतबारदेखि बुधबारसम्म बायोमेट्रिक गर्ने, बिहीबार लिखित परीक्षा सञ्चालन र आइतबारदेखि प्रयोगात्मक परीक्षामा सहभागी बनाउने गरी कार्यतालिका नै बनाइएको यातायात व्यवस्था कार्यालय कावासोतीका प्रमुख टेक बहादुर घर्तीले बताए ।

‘यसअघि महिनौँसम्म कुनुपर्ने बाध्यता थियो । अहिले दरबन्दी अनुसार कर्मचारी नहुँदा पनि सेवा प्रवाहलाई व्यवस्थित गरिएको छ,’ उनले भने, ‘यातायात कार्यालयको सेवा प्रवाहमा जनतामा परेको नकरात्मक प्रभावलाई चिर्ने प्रयास गरेका छौं । छिटो र प्रभावकारी सेवा दिन लागि परेका छौं ।’

सेवाग्राहीलाई आवश्यक पर्ने सबै प्रकृतिका निवेदनहरु निःशुल्क रुपमा कार्यालयबाट नै उपलब्ध गराउँदा यातायात कार्यालयमा बिचौलियाको बिगबिगी हटेको सेवाग्राही हिमाल भुजेलले दाबी गरे ।

प्रयोगात्मक परीक्षामा पहिलो पटक अनुत्तीर्ण हुने परीक्षार्थीहरुले रिट्रायल रसिद काटी अर्को हप्ता पुन: परीक्षामा सहभागी हुने व्यवस्था छ ।यातायात वयवस्था कार्यालयमा एक महिनामा १ हजार भन्दा बढी सेवाग्राहीले सवारी अनुमति चालकको लागि निवेदन दिने गरेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?