कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालगन्जमा 'सामुदायिक सुरक्षा जालो अभियान'

रूपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ३ र ७ मा 'सामुदायिक सुरक्षा जालो अभियान' सुरु गरिएको छ । आगलागी, भूकम्पजस्ता घटना दृष्टिले उच्च जोखिममा रहेको भन्दै फातिमा फाउन्डेशन नेपालले सम्बन्ध एवं समन्वय विस्तारका लागि सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरेएको हो ।

संस्थाका अध्यक्ष मैमुना सिद्दिकीले अभियान नेपालगन्जका वडा नं. ३ र ७ मा अप्रिल १ तारिखदेखि ३० महिनासम्म जारी रहने बताइन्  । ‘आगलागी, भूकम्पजस्ता घटना भएमा सबैभन्दा बढी जोखिममा रहेको वडामा कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनिन्, ‘यसले जोखिमविरुद्ध लड्न समुदाय तयार हुने विश्वास लिएका छौं ।’

कार्यक्रमबारे प्रस्तुतिकरण राख्दै मनोविमर्शकर्ता सुमान धिमालले ३० महिनाको उक्त परियोजनाअन्तर्गत समुदायमा सहयोगको भावना जगाउने उद्देश्य रहेको बताइन् ।

‘विपद्का बेला सबैभन्दा बढी प्रभावित महिला, बालबालिका, अपांगता भएका, ज्येष्ठ नागरिक हुन्छन्, उनीहरूलाई फोकस गरिएको कार्यक्रम समग्र वडालक्षित छ ।’ उनले भनिन्, ‘सामाजिक सुरक्षा जालो तयार गर्न वडामा समूह गठन गर्ने, अभिमूखिकरण गर्ने, विभिन्न खालका सपोर्ट गर्ने कार्यक्रम रहेका छन् ।’

उनले विपद्ले पारेको असर कम्युनिटीमै समाधान गर्ने, नसके समाधानका लागि सरोकारवाला निकायमा पहल, पैरवी गर्ने, समन्वय तथा सिफारिस गरिने बताइन् । धिमालले आवश्यक भएसम्म मनोविमर्शको कार्य गर्ने, तत्काल उद्दार, शिक्षामा सपोर्टलगायत कार्यक्रमको लक्ष्य रहेको बताइन् ।


प्रकाशित : जेष्ठ २१, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?