२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पाल्पामा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित 

माधव अर्याल

पाल्पा — सेवा सुविधा बढाउन माग गर्दै पाल्पाका सामुदायिक विद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरुले आइतबार शिक्षा विकास तथा समन्वय एकाई पाल्पामा धर्ना दिन आएका हुन् ।

पाल्पामा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित 

आन्दोलन परिचालन समितिका संयोजक युवराज पौडेलले सामुदायिक विद्यालयमा न्यून बेतनमा काम गर्नु परेको बताए । अहिले सरकारले विद्यालय कर्मचारीका लागि १३ हजार रुपैयाँ पठाउने गर्छ । कतिपय स्थानीय पालिकाले केही रकम थप गरेर दिने गरेको छ । कर्मचारीहरुको पूर्ण सेवा सुविधासहित पेसागत स्थायित्वको विषयमा सरकारले चासो नदिएको उनको आरोप छ ।

बजेट परिमार्जन गरेर जतिसक्दो छिटो सेवा सुविधा वृद्धि गर्न माग राखेको जिल्ला अध्यक्ष श्रीधरप्रसाद पाण्डेयले बताए । २६ गतेसम्म जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने कार्यक्रम छ ।

जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनशन बस्ने नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । असार २ गतेदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी उनीहरुको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?