कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — देउखुरी उपत्यकामा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ४ मौरीघाटमा आइतबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक घोराही उपमहानगरपालिका ५ का ३१ वर्षीय किरण रोकाको मृत्यु भएको छ । घाइते रोकालाई उपचारका लागि स्थानीय सिसहनीया स्वास्थ्य चौकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षीय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षीय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षीय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मोटरसाइकलका घाइते दुबै जनालाई सिसहनीया स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज र अटोमासवार बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?