कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चक्कु प्रहारबाट दुई जनाको हत्या

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको वाणगंगा नगरपालिका ६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुको चक्कु प्रहारबाट हत्या भएको छ । 

बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए । बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले बताए ।

अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?