२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बाँकेमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा सवारी दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार मंगलबार ठोक्किँदा कारमा सवार दुई जनको मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक गोरखा जिल्लाका ३७ वर्षीय शुभाष अधिकारी र बुटवलकी ५४ वर्षीया सन्जु खाती खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेका प्रमुख तिलक सुनारले बताए । मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन् ।

दुर्घटनापछि बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बसमा सवार ६ जनाको भने मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?