१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ ।

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए । यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०८० ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?