बर्दिया अस्पतालमा पहिलो पटक पाठेघरको शल्यक्रिया  

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरियाको जिल्ला अस्पतालमा पहिलो पटक तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ । लामो समयदेखि समस्याग्रस्त ती महिलाका पाठेघरको स्त्री तथा प्रसूति रोग विशेषज्ञले सफल शल्यक्रिया गरेका हुन् ।

अस्पतालका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ स्यामिनी चौधरी, रामविश्वास राय लगायत सातजना स्वास्थ्यकर्मीको सहयोगमा शल्यक्रिया गरिएको हो । जटिल खालको पाठेघर पेट चिरेर निकालिएको डा चौधरीले बताइन् । केस जटिल भए पनि सतर्कतापूर्वक पाठेघर बाहिर निकालिएको उनले जनाइन् । तीमध्ये एक जना महिलाको करिब एक वर्षदेखि पाठेघरको समस्याले रगत बग्ने समस्या थियो । गुलरिया—७ की ४५ वर्षीया सम्पदा यादव, बारबर्दिया नगरपालिकाकी ४० वर्षीया सुमिता थारु र गुलरिया नगरपालिका—१ की ६० वर्षीया कुन्ती यादवको शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

'शल्यक्रिया गरेकी तीनै जनाको अवस्था सामान्य रहेको छ,’ उनले भनिन्, 'बिमा भएकालाई रकम नलाग्ने र शुल्क तिर्दा १५ हजारले शल्यक्रिया हुने गर्छ ।' डा रायले अस्पतालमा बेहोस बनाउने जिएस मसिन र थप विशेषज्ञ चिकित्सक अभाव रहेको पनि बताए ।

प्रकाशित : जेष्ठ १०, २०८० २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x