रुपन्देहीमा करेन्ट लागेर मजदुरको मृत्यु

बुटवल — रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुने शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारु रहेका छन् ।
मंगलबार दिउँसो पराजुली ग्रिल उद्योगमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको रुपन्देहीले जनाएको छ ।