कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा लागूऔषधसहित २ जना पक्राउ

अमृता अनमोल

बुटवल — बुटवलमा लागूऔषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका–११ का ४० वर्षका नारायणप्रसाद सिंजापती र १९ की ४१ वर्षीया माया गुरुङ हुन् ।

बुटवलमा लागूऔषधसहित २ जना पक्राउ

वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका नयाँबसपार्कबाट बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुबाट १२ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र स्पास्मोइक लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ । उनीहरूलाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ५, २०८० ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?