१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

देउखुरीमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — देउखुरीको लमही नगरपालिका-३ फल्कापुरमा शुक्रबार बिहान दुई बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दर्जन बढी घाइते भएका छन् ।

देउखुरीमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका-७ की ४२ वर्षीया शोभा परियार रहेकी छन् । उनका दुई छोरा दुर्घटनामा परी घाइते भएका छन् ।

लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका– ३ फल्कापुरमा दुई बस आपसका ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । वीरगन्जबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र लमहीबाट सिसहनियाँतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको माइक्रो बस आज बिहान आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।

वीरगन्जबाट तुलसीपुर जाँदै गरेको बसमा बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर रोल्पा घर फर्किँदै गरेका मजदुर सवार थिए । लु २ ख७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएको र घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगन्ज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ५, २०८० ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?