१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गुलरियाबाट एक भारतीयसहित दुई नेपाली पक्राउ

कमल पन्थी

बर्दिया — लागूऔषधजस्तो देखिने पदार्थसहित एक भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका ९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको छ ।

गुलरियाबाट एक भारतीयसहित दुई नेपाली पक्राउ

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत उत्तरप्रदेश राज्य बहराईच घुम्ना भारुका २३ वर्षीय दीपककुमार पासवान लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४० आर ३४१५ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उनीहरू पक्राउ परेको सूचना अधिकारी एवं डीएसपी बोहोराले जनाए । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : जेष्ठ १, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?