गुलरियामा रेबिजले एक महिनामा २ जनाको मृत्यु

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरियामा एक सातायता रेबिजग्रस्त कुकुरको टोकाइबाट गुलरिया–५ का सात वर्षीय बालकको मृत्यु भयो । यसैगरी कुकुरको टोकाइबाट तीन साताअघि गुलरिया–९ का २३ वर्षीय किशोरको मृत्यु भएको जिल्ला अस्पताल, बर्दियाले जनाएको छ ।

गुलरियामा रेबिजले एक महिनामा २ जनाको मृत्यु

रेबिजग्रस्त कुकुरबाट दुई जनाको मृत्युपछि अस्पतालमा रेबिजविरुद्ध खोप लगाउनेको संख्या दैनिक तीन दर्जन बढी रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताए । कुकुरको टोकाइबाट मृत्यु भएकाको सम्पर्कमा आएका मानिस भ्याक्सिन लगाउन अस्पताल आउने गरेको मेसु पाण्डेयले जनाए । कुकुरको टोकाइबाट खोप लगाइएका अधिकांश रेबिज हुन सक्ने आशंकामा आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । बहुला कुकुरबाट टोकेर यस आ/वमा थप ३ सहित पाँच जनाको मृत्यु भएको छ । गाउँघरमा उपचार गराएका कारण मृत्यु भएका तीन जनाको तथ्यांक जिल्ला अस्पतालसँग नभएको मेसु पाण्डेय बताउँछन् ।

रेबिजग्रस्त कुकुरको व्यवस्थापन नभएसम्म यसको समाधान नहुने स्थानीय बताउँछन् । सामुदायिक कुकुर सहरी र ग्रामिण क्षेत्र दुवैमा बढी भएको पाइएको छ । गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बहुला कुकुर व्यवस्थापन गर्न पशु कार्यालयसँग सम्पर्क गरेको बताए । 'बहुला लगायत, भुस्याहा कुकुर मार्दा उनीहरुको अधिकार हनन हुने भन्दै अधिकारीवादीको विरोध गर्छन्,' उनले भने, 'यसै कारण बहुला कुकुर मार्न सकिँदैन ।' गत साउनयता १ हजार ४ सय जनाले जिल्ला अस्पतालमा रेबिजको खोप लगाइसकेका छन् ।

माग अनुसार उपलब्ध नहुँदा खोप अभाव हुँदै गएको छ । निःशुल्क रुपमा यो खोप पाउने गरिन्छ । जिल्ला अस्पतालमा गत आवमा ३ सय भाइल खोप आउँथ्यो । अहिले घटेर २ सय भाइल आएको छ । जिल्लामा कति जनालाई रेबिजग्रस्त कुकुरले टोके भन्ने तथ्यांक भने छैन । पहिले यसका लागि कुकुरको पहिचान गर्न जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित : वैशाख २९, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?