बुटवल उपमहानगरद्वारा किसानलाई कृषि सामग्री प्रदान

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवल उपमहानगरपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । बुटवल–१४ मा मकै खेती गर्दै आएका किसानलाई उपमहानगरपालिकाले सहुलियतमा कृषि सामग्री उपलब्ध गराएको हो ।

बुटवल–१४ मोतीगन्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई ती कृषि उपकरण तथा सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्क्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरको ५० र किसानको ५० प्रतिशत लागत सहभागितामा पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायत सामग्री प्रदान गरिएको हो । सो अवसरमा उपमहानगर प्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउन उपमहानगरपालिकाले काम गरिरहेको बताए । किसानलाई लाभ हुने गरी गरिने खेतीमा सहयोग गर्ने उल्लेख गर्दै पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्न बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई मकै बिक्रीका लागि सटर उपलब्ध गराउने तयारीमा रहेको पाण्डेले जानकारी दिए । उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले मकै पकेट विकास कार्यक्रममा आबद्ध किसानलाई मल, बीउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान दिएको बताए । मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समिति अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती हुँदै आएको बताए ।

प्रकाशित : चैत्र १८, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

वर्षाले प्रभावित खेलमा पञ्जाव विजयी

एजेन्सी

पञ्जाव — पञ्जाव किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार वर्षाले प्रभावित खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । कोलकाताको इनिङ्स १६ ओभरमा पुग्दा खेल वर्षाले विथोलिएको थियो र पञ्जाव डकवर्थ लेविस नियमअनुसार ७ रनले विजयी रह्यो ।

पहिले ब्याटिङ गरेको पञ्जावले ५ विकेटमा १ सय ९१ रन बनाएको थियो । त्यसमा भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए । यस्तै कप्तान शिखर धवनले २९ बलमा ४० रनको योगदान दिए । त्यसको जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । आन्द्रे रसेलले ३५ र वेन्कटेश अयरले ३४ रन बनाए ।

प्रकाशित : चैत्र १८, २०७९ २०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×