१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मानसिक स्वास्थ्य अभिमुखीकरण

रोल्पा — मानसिक स्वास्थ्यसम्बन्धी चेतना विस्तार गर्न रोल्पा नगरपालिकाले ग्रामीण भेगमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । विगतमा आत्महत्या बढी भएका गाउँ र स्वास्थ्य अवस्था कमजोर भएकालाई लक्षित गरेर कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रमबाट आत्मत्या कम गर्ने लक्ष्य लिइएको छ ।

मानसिक स्वास्थ्य अभिमुखीकरण

नगरको स्वास्थ्य शाखाका अनुसार गरिबी, निराशा, चिन्ता र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेका व्यक्ति, समूह र गाउँको अवस्था सुधार्न कार्यक्रम थालिएको हो । मानसिक अवस्था सुधार गर्न सकिएमा आत्महत्या र अन्य नकारात्मक गतिविधि रोक्न सकिने निष्कर्षसहित कार्यक्रम तय गरिएको स्वास्थ्य शाखाकी सह–संयोजक नैना डाँगीले बताइन् । ‘नगरभित्रको स्वास्थ्य अवस्था र आत्महत्याको तथ्यांक हेर्दा मानसिक स्वास्थ्यसम्बन्धी चेतना बढाउन आवश्यक भएको हो,’ उनले भनिन्, ‘आत्महत्याबाट बढी प्रभावित समुदायका सदस्यलाई कार्यक्रमको लक्षित वर्ग मानिएको छ ।’

नगरभित्रका १०, ९, ७, २ र ४ नम्बर वडामा मानसिक स्वास्थ्य कार्यक्रम चलाइएको हो । ती वडामा विगतमा बढी आत्महत्या भएका थिए । मानसिक अवस्था र समस्याका बारेमा जानकारी दिनाले जागरण र चेतना बढाउनमा मद्दत पुग्ने देखिएको मानसिक स्वास्थ्यबारे अभिमुखीकरण गतिविधि चलाउँदै आएका रोल्पा अस्पतालका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए । मानसिक स्वास्थ्य र आत्महत्याबारे प्रहरीले समेत चेतना वृद्धि गर्ने कार्यक्रम चलाएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?