१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

हत्या आरोपमा दाङमा आमाछोरा पक्राउ

दुर्गालाल केसी

दाङ — बंगलाचुली गाउँपालिका २ मर्पेसका ४० वर्षीय रेशम सुनारको हत्या आरोपमा उनकी श्रीमति र छोरा पक्राउ परेका छन् ।

३२ वर्षीया श्रीमति कमला र १७ वर्षीय छोरा शिवराजले रेशमको टाउकोमा मंगलबार राति कोदालो प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी प्रवक्ता डीएएसपी राजनकुमार गौतमले बताए ।

हत्यापछि फरार रहेका छोरालाई घोराही–१९ पालीमा लुकिरहेको अवस्थामा र आमालाई घरबाटै पक्राउ गरेको उनले जानकारी दिए । हत्याको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको गौतमले बताए ।

प्रकाशित : चैत्र १५, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?