नगद र गरगहना चोरी गर्ने ७ जना पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीका विभिन्न स्थानमा नगद तथा सुनचाँदीका गरगहना चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै स्थानबाट विभिन्न मितिमा सुनचाँदीका गरगहना तथा नगदसमेत चोरी गरेको घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्ने सातै जना पर्साका हुन् । 

नगद र गरगहना चोरी गर्ने ७ जना पक्राउ

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१९ बस्ने ३२ वर्षीय उत्तमप्रसाद यादव, वीरगन्ज–२० बस्ने वर्ष २० का राकेशसिंह राठौर, २० वर्षीय सैल राय, १५ वर्षीय एक बालक, पर्साको पटेर्वा सुगौली–४ बस्ने वर्ष १९ को सन्दिप राय नट, ३२ वर्षीय राजेश राय नट र पर्साको पाकहर गाउँपालिका–९ बस्ने वर्ष ३४ का रामबहादुर राय छन् । उनीहरुको साथबाट सुनको सिक्री ४ थान, टुटेको सिक्री २४ क्यारेट सुन तौल ८.०६ ग्राम, डबल रिङ सिक्री २४ क्यारेट, सुन १७.४१ ग्राम, सादा सिक्री २४ क्यारेट सुन तौल ११.३७ ग्राम, लकेट सहितको सादा सिक्री २४ क्यारेट सुन ९ ग्राम, चादीको सिक्री–थान १ तौल ३६.७४ ग्राम, नगद एक हजार दरका नोट थान ५६ को, विभिन्न कम्पनीका मोबाईल ८ थान र भारतीय बीआर–०५–एस–०३१४ नम्बर प्लेट भएको स्कारपियो गाडी बरामद भएको हो ।

बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित कालीगण्डकी होटलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?