प्यूठानको गौमुखी क्षेत्रमा बाक्लो असिना

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको उत्तरी क्षेत्र गौमुखी गाउँपालिकाको वडा नं १, २ र ३ मा दुई फिटसम्म असिना परेको छ । सोमबार अपराह्न तीन बजेदेखि लगातार परेको पानीसहित असिना परेको वडा नम्बर २ का अध्यक्ष डोरबहादुर रानाले जानकारी दिए । 

लगातारको असिनाले किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष रानाले बताए । पाक्न लागेको गहुँ, जौ र भर्खंरै उर्मंदै गरेको मकै बालीमा समेत असिनाले क्षति पुर्‍याएको छ । असिनाले अन्नबाली तथा खाली कुनै पनि ठाउँ नदेखिएको जानकारी दिए ।

बाक्लो असिना पर्दा स्थानीय कुलराज थापाको गोठ भत्किँदा च्यापिएर दुईवटा बाख्रासमेत मरेको वडाध्यक्ष रानाले जानकारी दिए । गौमुखी गाउँपालिकाको अर्खा, रजवारालगायत क्षेत्रमा अहिले भारी असिनापानी परिरहेको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

सिटी एक्सप्रेसले अस्तित्व नेपाल फाउन्डेसनलाई गर्‍यो १ लाख सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । अस्तित्व नेपाल एक गैर नाफामुखी संस्था हो ।

२०१८ देखि एसिड तथा अग्नीजन्य हिंसाविरुद्ध काम गर्दै आइरहेको फाउन्डेसनले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम र सचेतना कार्यक्रमहरु पनि चलाउँदै आइरहेको छ । सिटी एक्सप्रेसले विगत १६ वर्षदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले आन्तरिक रेमिट्यान्स भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंक खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा दिइँदै आएको सिटी एक्सप्रेसले जनाएको छ ।


प्रकाशित : चैत्र १३, २०७९ १९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×