तिनाउ नदीमा डुबेर बालकको मृत्यु

बुटवल — बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने बाग्लुङ घर भएका विष्णु विकका छोरा ९ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो ।
उनी आइतबार दिउँसो बुटवल–६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्न गएका थिए ।
साथीसहित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित : चैत्र १२, २०७९ १९:५४