अस्थिरताले भ्राष्टाचार बढ्यो, स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुपर्छ : बस्नेत

रुपा गहतराज

नेपालगन्ज — नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई 'अस्थिर चरित्रका नायक' को संज्ञा दिँदै उनले च्याखे थापेर लाभ मात्रै लिइरहेको आरोप लगाएका छन् ।

अस्थिरताले भ्राष्टाचार बढ्यो, स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुपर्छ : बस्नेत

बस्नेतले राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार, बेथिति, अवैध असुली बढ्दै गएको भन्दै स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने विकल्प नरहेको बताए ।

‘जबसम्म राजनीति अस्थिर रहन्छ मुलुकमा भ्रष्टाचार असुली बेथिति बढिरहन्छ । कमिसनको खेलले निरन्तरता पाइरहन्छ,’ उनले भने, ‘कांग्रेस र एमाले मिलेर अघि बढ्ने कुनै औपचारिक छलफल त भएको छैन तर स्थिर मुलुकका लागि कांग्रेस एमाले मिलेर जान जरुरी छ ।’

प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिक स्थिरताका लागि दलहरु मजबुत बन्न जरुरी रहेको बताए ।

पार्टीको युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले चैत्र २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौं महाधिवेशनले पदाधिकारीमा सबै प्रदेश समेटेर अगाढि बढ्ने बताए ।

प्रकाशित : चैत्र १२, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?