१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेसंवि बेलझुण्डीमा सहमतिमा नेतृत्व चयन

दुर्गालाल केसी

दाङ — नेपाल संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डीमा सहमतिमा स्वतन्त्र विद्यार्थी युनियन गठन गरिएको छ ।

नेसंवि बेलझुण्डीमा सहमतिमा नेतृत्व चयन

यसअघि विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको थियो । विद्यार्थी संगठनहरुबीच सहमति भए बमोजिम बिहीबार निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत कपिलदेव सुवेदीले जानकारी दिए ।

स्ववियु अध्यक्षमा स्वतन्त्रबाट सन्देश पाण्डेय निर्वाचित भएका छन् । नेविसंघबाट उपाध्यक्षमा हरिशचन्द्र पौडेल, सचिवमा केशवप्रसाद उपाध्याय र कोषाध्यक्षमा शम्भु रिमाल चयन भएका छन् । सदस्यमा अनेरास्ववियुबाट हंशराज जोशी, भूमिराज जोशी र राधाकृष्ण सुवेदी चयन भएका छन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?