पक्लिहवा कृषि क्याम्पसमा नेविसंघ र अनेरास्ववियु 

माधव ढुंगाना

भैरहवा — पक्लिहवा कृषि क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका प्रविन बस्याल विजयी भएका छन् ।  सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल र कोषाध्यक्षमा प्रविण बुढाथोकी निर्वाचित भएका छन् ।

सदस्यहरूमा अनेरास्ववियुका विवेक खनाल, उर्मिला क्षेत्री र आशुतोष अधिकारी निर्वाचित भएका छन् । नेविसंघको तर्फबाट प्रकृति घिमिरे र सुदीप शर्मा तिमिल्सिना सदस्यमा विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

उक्त कृषि क्याम्पसमा बुधबार निर्वाचन भएको थियो । पक्लिहवा कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच तालमेल भएको थियो ।

प्रकाशित : चैत्र ९, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

गोपनीयता र स्वतन्त्रताको हक कुण्ठित हुने खतरा

पाठक पत्र

२०७६ साउनमा, तत्कालीन केपी शर्मा ओली सरकारको पालामा, नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहने गरी तयार गरिएको विधेयक, प्रतिपक्षी नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूको व्यापक विरोधका कारण रोकिएको थियो ।

सरकारले टेलिफोन /मोबाइल, सामाजिक सञ्जाल लगायतमा नागरिकले गरेका कुराकानी, सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने, कुनै पनि व्यक्तिको सञ्चार उपकरणको सेवा तत्काल बन्द गर्न सक्ने प्रावधान राखी पुनः संसद्मा पेस गर्न लागेको विधेयकले नागरिकको संविधानप्रदत्त वैयक्तिक गोपनीयता र हक अधिकारलाई असर पार्ने देखिन्छ ।

सर्वोच्च अदालतले २०७२ माघ २१ गते सरकारको नाममा ‘अदालतको अनुमतिबिना कुनै पनि व्यक्तिको फोन/मोबाइल कल डिटेल लिन नपाइने’ भनी गरेको परमादेशको खिलाफ आउन लागेको विधेयकले कुनै पनि सरकारी अधिकारीलाई कसैका विरुद्ध पनि पूर्वाग्रही हुन सक्ने मौका दिन सक्ने कुरामा कुनै सन्देह रहँदैन ।

राष्ट्रिय वा आन्तरिक सुरक्षाजस्तो संवेदनशील अवस्थामा, अदालतको अनुमतिले सन्देहास्पद व्यक्तिको कल निगरानी गर्न सकिने प्रावधान छँदाछँदै जबर्जस्ती ल्याउन लागिएको यो विधेयकले गोपनीयता मात्र होइन मौलिक स्वतन्त्रताको हकसमेत प्रभावित हुने देखिन्छ । यसमा पुनर्विचार हुनु जरुरी छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र ९, २०७९ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×