कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँले सेताम्य जलजला

रोल्पा — केही दिनको वर्षापछि रोल्पाको अग्लो पहाड जलजलामा हिउँ परेको छ । गुराँस फुलेर रंगीचंगी देखिएको जलजला हिउँले झनै आकर्षक बनेको छ । पर्यटन अभियन्ता बाल्कुराम पुन आफैं जलजला पुगेका छन् ।

‘हिउँ खेल्न जलजला जानेहरूलाई मौसमले साथ दिएको छ,’ उनले भने, ‘जलजला र अर्को हिउँको पहाड कोठीभीरमा पुगेर हिउँ खेल्न लिबाङबाट हेलिटुरको प्याकेज तयार पारेका छौं ।’ गत वर्ष लिबाङबाट हेलिकप्टर चढेर आधा दर्जन उडानमा मानिसहरू जलजलासम्म पुगेका थिए ।

यसपटक झन् हिउँ बाक्लो परेकाले एक सातासम्म हेलिकप्टरबाट हिउँ खेल्न जलजला पुग्न चाहनेलाई पर्याप्त समय भएको उनले बताए । हिउँ खेल्ने मौका खोजिरहेकालाई फिस्टेल एअर कम्पनीसँगको समन्वयमा हेलिकप्टरबाट हिउँ खेल्न जान सकिने बताए ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?