२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दाङको जनता क्याम्पसमा सहमतिबाट स्ववियु नेतृत्व चयन

दुर्गालाल केसी

दाङ — नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता क्याम्पस बिजौरीमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सहमतिबाट चयन गरिएको छ । फागुन ३० मा नेविसंघले विभिन्न माग राख्दै तालाबन्दी गर्दा निर्वाचन स्थगित भएको थियो ।

दाङको जनता क्याम्पसमा सहमतिबाट स्ववियु नेतृत्व चयन

बुधबार ताला खोली सबै संगठनहरुले सहमतिका आधारमा विभिन्न पद बाँडफाँट गरी निर्वाचन समितिमा पेस गरेका कारण प्रक्रिया पुर्‍याइ निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत श्रीराम थारुले जानकारी दिए ।

जसअनुसार अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षमा रितेश चौधरी र उपाध्यक्षमा बिमलराज बुढा चयन भएका छन् ।

सचिवमा नेविसंघबाट रमेशकुमार भट्टराई र कोषाध्यक्षमा अखिल क्रान्तिकारीबाट गोपाल कुमार बिक चयन भएका छन् ।

यस्तै सहसचिवमा नेविसंघका शिवहरी शर्मा निर्वाचित भएका छन् । सदस्यहरुमा अनेरास्ववियुका मुकेश अधिकारी, देवराज यादव, नमराज पौडेल तथा नेविसंघका तिलक रिजाल, पवन शर्मा र उद्धव पोख्रेल निर्वाचित भएको क्याम्पस प्रमुख योगराज शर्माले बताए ।

प्रकाशित : चैत्र ८, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?