१२ वर्ष जेल सजाय भएका फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय पाएका बर्दियाका एक फरार अभियुक्तलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । जिल्ला अदालत, बर्दियाको फैसला अनुसार १२ वर्ष कैद, १ लाख जरिवाना र २५ हजार क्षतिपूर्ति सजाय पाएका बासगढी नगरपालिका-६ का अमर सिंह थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त थारु गत कात्तिक २९ गतेको जिल्ला अदालतको आदेशबाट उक्त सजाय तोकिएपछि फरार थिए । फरार रहेका थारुलाई बासगढी नगरपालिका-६ मोतीपुरस्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी एंव प्रहरी निरीक्षक हृदयेश कुमार सापकोटाले बताए ।

थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको उनले जनाएका छन् ।

प्रकाशित : चैत्र ८, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?