राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचन पुनः स्थगित

दुर्गालाल केसी

दाङ — राप्ती बबई क्याम्पस तुलसीपुरको स्ववियु निर्वाचन पुनः स्थगित भएको छ । विद्यार्थी संगठनको तालाबन्दीका कारण चैत ५ मा स्थगित गरी मंगलबार सारिएको निर्वाचन फेरि पनि स्थगित भएको हो ।

राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचन पुनः स्थगित

एउटै व्यक्तिका साथमा धेरै विद्यार्थीको परिचयपत्र भेटिएको भन्दै उत्पन्न विवादका कारण मंगलबार मतदान हुँदाहुँदै निर्वाचन स्थगित गरिएको हो । कूल २४३३ मतदातामध्ये ५३३ जनाले मतदान गरिसकेपछि निर्वाचन स्थगित भएको क्याम्पस प्रमुख युवराज रावतले जानकारी दिए ।

निर्वाचन गराउने अनुकूल वातावरण र सुरक्षा नभएको भन्दै निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले पनि राजीनामा दिएको रावतले बताए । विद्यार्थी संगठनले अनावश्यक विवाद गर्दा निर्वाचन स्थगित गर्नुपरेको उनले बताए ।

निर्वाचनको अर्को मिति तय गर्ने विषयमा सबै पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्ने रावतले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?