कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानलका शर्मा विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २ सय २२ मत ल्याएर प्रदिप शर्मा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुनिल रानाले १ सय ९९ मत प्राप्त गरे ।

हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानलका शर्मा विजयी

त्यस्तै, संयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका रुपेशकमार यादवले १ सय ९९ मत प्राप्त गरे । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जीवनकुमार धवलले २ सय २१ मत ल्याइ जिते भने नेविसंघकी रेखा प्रजापतिले २ सय ८ मत प्राप्त गरिन् । सदस्य पदमा भने मिश्रित परिणाम आएको छ । सदस्यमा संयुक्त प्यानलबाट शुभम शर्मा २ सय २९, अविनाश क्षेत्री २ सय ३२ र निशा कुँवरले २ सय २० मत ल्याएर विजयी भए भने नेविसंघबाट खमबहादुर घर्तीमगर २ सय ७, प्रियंका केसी २ सय ७, सुनिता विक २ सय ९ ल्याएर पराजित भए ।

संयुक्त प्यानलका दिपेन्द्र यादव २ सय १४ मत ल्याएर पराजित हुँदा नेविसंघका इरफान चुरियारले २ सय २० मत ल्याएर विजयी भए । यस्तै, समिर क्षेत्रीले २ सय ३६ मत प्राप्त गरी विजयी भए । नेविसंघकै इरफान चुरियारले पनि २ सय २० मत प्राप्त गरी सदस्यमा विजयी भए ।

संयुक्त प्यानलका अभयकुमार धवलले सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएपछि ७ जनाको मात्रै उम्मेदवारी रहेको थियो । यस्तै, प्रगतीशील विद्यार्थी संगठनबाट सभापतिमा उम्मेदवारी दिएकी माया थापाको १२ मत आएको छ भने सचिव पदकी मनिषा आचार्यको १५ मत आएको छ । जम्मा ५ सय १६ जना विद्यार्थी मतदाता रहेकामा ४ सय ४८ अर्थात् ८६.८२ प्रतिशत मत खसेको थियो । मतदानमा ३ सय ४ महिला र १ सय ४४ पुरुष गरि ४ सय ४८ जनाले मतदान गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?