३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नवनेपालमा अनेरास्ववियु र जलजलामा अखिल क्रान्तिकारीको गठबन्धन विजयी

काशीराम डाँगी

रोल्पा — त्रिभुवन विश्वविद्यालयअन्तर्गत पश्चिम रोल्पाको जुगारमा रहेको नवनेपाल क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट एमाले अखिलको नेतृत्वमा रहेको गठबन्धनले विजयी प्राप्त गरेको छ । 

नवनेपालमा अनेरास्ववियु र जलजलामा अखिल क्रान्तिकारीको गठबन्धन विजयी

मुख्य पदमा २० मतको अग्रतासहित पदाधिकारी निर्वाचित भएको क्याम्पसले जनाएको छ । स्ववियु सभापतिमा अखिलका एकराज डाँगी निर्वाचित भएका छन् । उक्त क्याम्पसमा एमाले अखिल र नेपाल विद्यार्थी संघबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनले माओवादी केन्द्र र नेत्रविक्रम चन्दनिकट क्रान्तिकारी विद्यार्थीबीचको गठबन्धनलाई हराएको हो। चन्दनिकट खुमराज थापाको टिम पराजित भएको हो ।

सबै मतदाता २ सय ७६ मध्ये २ सय २० मत खसेको थियो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत धनबहादुर वलीले बताए ।

यसैगरी रोल्पाको सदरमुकाम लिवाङस्थित जलजला बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अखिल क्रान्तिकारीको टिम विजयी बनेको छ।

१५ मतको अग्रतामा एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र जनमोर्चानिकट विद्यार्थी संगठनबीच बनेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको टिम विजयी बनेको हो ।

जलजलाको स्ववियु सभापतिमा उमेश पुनसहितका पदाधिकारी निर्वाचित भएका छन् । मुख्य पदमा १५ मतको अग्रतासहित उम्मेदवारहरु विजयी भएका थिए । जलजलामा रहेका विद्यार्थी मतदातामध्ये करिब ८० जना निर्वाचनमा अनुपस्थित थिए ।

प्रकाशित : चैत्र ६, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?