ज्ञानोदय क्याम्पस खजुरामा अनेरास्ववियुको टिम विजयी


नेपालगन्ज — बाँके खजुरामा रहेको ज्ञानोदय बहुमुखीपब्लिक क्याम्पसमा विनयकुमार यादव सभापति रहेको प्यानल अनेरास्ववियुको टिम विजयी भएको छ । दुई सय २९ जना मतदाता रहेको ज्ञानोदय क्याम्पसमा २ सय २२ मत खसेको थियो । जसमा यादवले १ सय १ मत प्राप्त गरे ।

यसैगरी अनेरास्ववियु (क्रान्तिकारी)का सरिफ खाँले ६१ मत र नेविसंघका हिमाल पंगालीले ४८ मत पाएका छन् । समानुपातिकतर्फ भने अनेरास्ववियुले १ सय ७, नेविसंघले ५७ र अनेरास्ववियु (क्रान्तिकारी)ले ५४ मत ल्याएका छन् ।
यस क्यम्पसमा तीनवटा विद्यार्थी संगठनहरु चुनावी मैदानमा थिए । सभापतिका लागि अनेरास्ववियुले विनयकुमार यादव, नेविसंघले हिमाल पंगाली र अखिल (क्रान्तिकारी)ले सरिफ खाँलाई उम्मेदवार बनाएका थिए ।
आइतबार नर्सिङ क्याम्पस नेपालगन्ज, खजुरास्थित ज्ञानोदय क्याम्पस र राप्तीपारिको सिद्वेश्वरी बहुमुखी क्याम्पस तथा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।
प्रकाशित : चैत्र ५, २०७९ १९:०३