पाल्पाको देउरालीमा टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु


पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउराली मसारमा टिपरको ठक्करबाट ६९ वर्षीय होमबहादुर लाम्टाङ्गे मगरको आइतबार मृत्यु भएको छ ।

सिद्देश्वरस्थित चुनढुंगा खानीबाट चुनढुंगा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले पैदल हिँडेका लाम्टाङ्गेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले बताए । उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
हार्थोक–सर्देवा भित्रि कच्ची सडकमा स्थानीय भेला भएर क्षतिपूर्तिको माग गरेका छन् । टिपर मालिकलाई बोलाउनुपर्ने उनीहरुको माग छ । हार्थोक भित्र कच्ची सडक भएर सिजी सिमेन्ट र सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीमा टिपरले चुनढुंगा, मिस्कट, ढुंगा, माटो, कोइला, क्लिङकर ओसारपसार हुन्छ ।
प्रकाशित : चैत्र ५, २०७९ १४:१५