गाडी चोरेको आरोपमा दुई युवक पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडी चोरेको आरोपमा दुई युवक पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले चैत १ गते बुधबार राति सिद्धार्थनगर नगरपालिका ८ अन्नपूर्ण टोलको भित्री सडक छेउमा रोकी राखेको लु १ च ७८२२ नम्बरको सामान बोक्ने गाडी (छोटाहात्ती) चोरेर लगेका थिए ।

गाडीधनी कुन्दन श्रेष्ठले बिहीबार गाडी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । त्यस क्रममा बिहीबार राति नालन्दा स्कुल पछाडि खाली खेतमा रोकी राखेको अवस्थामा गाडी र आरोपित फेला परेका थिए ।

उनीहरूलाई जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भइरहेको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्‍नेछु : नवनिर्वाचित उपराष्ट्रपति यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन आफ्नो भूमिका रहने बताए ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए ।

शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने पनि उनको प्रतिबद्धता थियो ।

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्न मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण म यहाँसम्म आइपुगेको हुँ । उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित : चैत्र ३, २०७९ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×