अर्घाखाँचीको पाणिनी क्याम्पसमा तालाबन्दी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्ववियु निर्वाचन

अर्घाखाँचीको पाणिनी क्याम्पसमा तालाबन्दी

चार वर्षदेखि सञ्चालक समिति गठन नहुँदा स्ववियु निर्वाचन अनिश्चित
वीरेन्द्र केसी

अर्घाखाँची — सन्धीखर्कको पाणिनी बहुमुखी क्याम्पसमा सञ्चालक समिति नेतृत्वविहीन हुँदा उत्पन्न विवादका कारण नेविसंघसहितका संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

पाणिनी बहुमुखी क्याम्पस चार वर्षदेखि सञ्चालक समितिविहीन हुँदा स्ववियु निर्वाचन पनि अनिश्चित बनेको छ । यसअघि जिल्लाका दलहरूले सहमतिका आधारमा स्ववियुमा पद भागबण्डा गरिए पनि सञ्चालक समिति नै नहुँदा क्याम्पसमा तालाबन्दी गरिएको नेविसंघका प्रतिनिधि विशाल आचार्यले बताए ।

सञ्चालक समितिको कार्यकाल सकिएको चार वर्षसम्म पनि दलका प्रतिनिधिहरूबीच कुरा नमिल्दा सञ्चालक समिति गठन हुन सकेको छैन ।

नेविसंघका प्रतिनिधि विशाल आचार्य, अनेरास्ववियुका प्रतिनिधि विक्रम नेपाली, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदिप खनाल, अनेरास्ववियूका प्रतिनिधि नवीन विक, अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपाली, बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष पदम नेपाली, नेत्रविक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरी सी लगायत विद्यार्थी नेताले क्याम्पसमा तालाबन्दी गरेका हुन् । सञ्चालक समिति गठन नहुँदासम्म ताला नखोल्ने उनीहरूको अडान छ ।

प्रकाशित : चैत्र ३, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न बैंकर्स संघको माग 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय केही समूहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीप्रति लक्षित गर्दै सांघातिक आक्रमण गर्ने, धम्की दिनेजस्ता अराजक गतिविधि भएकोमा नेपाल बैंकर्स एसोसिएसनले भत्सर्ना गरेको छ । त्यस्ता गतिविधि गर्ने र उक्साउनेलाई कारबाहीको दायरामा ल्याउन एसोसिएसनले सरकारसँग माग गरेको छ ।

‘विभिन्न समयमा मुलुकमा आइपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दीप्रति घोर आपत्ति छ’ एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले भनेको छ ‘घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गर्दछौं ।’

अराजक र उत्तेजित अभिव्यक्ति दिई बैंकिङ क्षेत्रमाथि आक्रमण गर्न प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन एसोसिएसनले माग गरेको छ । यस्ता अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षाका कारण बैंकिङ सेवा नै अवरुद्ध हुन सक्ने एसोसिएसनले चेतावनी दिएको छ । ‘गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं’ एसोसिएसनले भनेको छ ‘यस्ता गतिविधिले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धरासयी हुन सक्ने हुनाले सजग रहन आग्रह गर्दछौं ।’

प्रकाशित : चैत्र ३, २०७९ १४:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×