कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक निर्माणको माग गर्दै प्रदर्शन

दुर्गालाल केसी

दाङ — लामो समयदेखि अलपत्र परेको घोराही बजारको सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै स्थानीयहरूले सोमबार सडक डिभिजन कार्यालय दाङको मूल गेटमा अवरोध गरेका छन् । साथै उनीहरूले प्रदर्शन गरे ।

सडक निर्माणको माग गर्दै प्रदर्शन

प्रदर्शनकारीहरूले कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै मूल गेटमा ताला समेत लगाइएका थिए । प्रहरीले भने ताला फुटाएर कार्यालय सञ्चालनमा ल्याएको छ ।

२०७० सालदेखि निर्माण सुरु गरे पनि अहिलेसम्म सम्पन्न नगरी निर्माण कम्पनी बेपत्ता भएको र यसमा सडक डिभिजन कार्यालयले चासो नदिएको स्थानीयको गुनासो छ ।

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक म्याद गुज्रिएको लामो समय भइसक्दा पनि अलपत्र परेकाले अबिलम्ब सडक निर्माण र मर्मत अघि बढाउन दबाब दिँदै सडक कार्यालयमा अवरोध गरेको स्थानीय अगुवा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण भुसालले बताए ।

घोराहीस्थित सिद्धार्थ गौतमनगर टोल विकास संस्था र बयलडाँडा चौतारी क्लवको नेतृत्वमा रहेको दबाब समूहमा विभिन्न संघ संस्था साथै स्थानीय नागरिकको उपस्थिति थियो ।

यसअघि सडक कार्यालय प्रमुखलाई भेटी समस्याबारे जानकारी गराए पनि केही चासो नदेखाएपछि बाध्य भएर दवावमूलक कार्यक्रम गर्नुपरेको सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले बताए ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी लगायतले सडक अलपत्र हुँदा नागरिकलाई सास्ती भइरहेको गुनासो गरे ।

प्रकाशित : फाल्गुन ८, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?