श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

दुर्गालाल केसी

दाङ — श्रीमती हत्या गरेको अभियोगमा लुङ्ग्री गाउँपालिका ६ गुम्चाल, रोल्पाका ४९ वर्षीय कृतिमान बुढाथोकी घोराहीमा पक्राउ परेका छन् । उनले घोराही उपहानगरपालिका १९ दुईखोलीमा ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले दाबी गरे ।

बुढाथोकीले श्रीमती मुटुको बिरामी भई उपचारका लागि रोल्पाबाट घोराही ल्याउने क्रममा शनिबार राति बाटोमा मृत्यु भएको भनी आइतबार प्रहरी चौकी दुईखोलीलाई जानकारी दिएका थिए ।

घटनाको अनुसन्धानका क्रममा बुढाथोकीले नै कुटपिट गरी श्रीमतीको हत्या गरी प्रहरीलाई गलत सूचना दिएको खुलेको गौतमले जानकारी दिए । बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले बताए ।


प्रकाशित : माघ २३, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्

एलआरआईको दोहोरो जित

कान्तिपुर संवाददाता

काठमाडौँ — यू–१६ उमेर समूहमा दोहोरो जित निकाल्दै एलआरआई क्वाटरफाइनल पुग्यो । एनआईसी एकेडेमीलाई २–१ गोलले पराजित गर्दा एलआरआईका रुपेश मगर र निक्सन निरौलाले गोल गरे । एनआईसीका अनिश जोशीले १ गोल फर्काए ।

अर्को खेलमा एलआरआईले विद्या संस्कारलाई ३–२ ले हरायो । विजेताका अंकित महर्जनले २ र विनायक भण्डारीले १ गोल गरे । संस्कारका आदित्य शाहले २ गोल गरे ।

यू–१२ मा संस्कृति र रेडियन्टले क्वाटरफाइनल यात्रा तय गरे । संस्कृतिले द चाँदबाग स्कुललाई ३–१ ले हरायो । संस्कृतिका सौरभकृष्ण मल्लले २ र सहज भण्डारीले १ गोल गरे । रेडियन्टले पनि चाँदबागलाई ५–२ को नतिजा निकाल्यो । रेडियन्टका सबै गोल रिडिज मोक्तानले गरे । चाँदबागका युभ्की गुरुङले १ गोल गरे भने एक गोल आत्मघाती थियो ।

प्रकाशित : माघ २३, २०७९ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×