भैरहवाका होटल तथा रेस्टुरेन्टको स्तरीकरण सुरु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवाका होटल तथा रेस्टुरेन्टको स्तरीकरण सुरु

सन्जु पौडेल

तिलोत्तमा — खाद्य स्वच्छताका आधारमा भैरहवाका होटल तथा रेस्टुरेन्टको स्तरीकरण सुरु गरिएको छ । भैरहवास्थित खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छताको मापदण्डका आधारमा होटल तथा रेस्टुरेन्टको स्तरीकरणका लागि अनुगमन थालेको हो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालले अनुगमन/निरीक्षणपश्चात परिणामको आधारमा होटल तथा रेस्टुरेन्टमा पुगेर स्टिकर टाँसिएको बताए ।

‘स्टिकर सेवाग्राहीले देख्ने ठाउँमा टाँस्छौं,’ दाहालले भने, ‘स्टिकर हेरेर स्वच्छ खानेकुरा कहाँ पाउन सकिन्छ भन्ने कुराको जानकारी उपभोक्ताले पाउन सक्नुहुन्छ ।’

उपभोक्तालाई खाद्य स्वच्छताका आधारमा छनोट गर्न पाउने अधिकार रहेकोले होटल स्तरीकरण मूल्यांकन गरिएको उनले बताए । कार्यालयका प्रमुख दाहालले अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा स्तर निर्धारण गरिएको जानकारी दिए । हालसम्म २५ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन गरिएकोमा एउटा होटलमात्र अति उत्तम निर्धारण गरिएको उनको भनाइ छ ।

एक सय पूर्णांकमा मूल्यांकन गर्दा ९० भन्दा माथि अंक प्राप्त गर्ने होटल तथा रेस्टुरेन्टलाई अतिउत्तम (क) को हरियो स्टिकर प्रदान गरिएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

यस्तै, ८० देखि ८९ सम्म अंक प्राप्त गर्नेलाई उत्तम भएको हरियो स्टिकर तथा ६५ देखि ७९ सम्म ल्याउनेलाई हरियो स्टिकर तथा ६५ भन्दा मुनि र ५० भन्दा माथि अंक प्राप्त गर्ने होटल तथा रेस्टुरेन्टमा पहेँलो स्टिकर टाँसिएको दाहालले जानकारी दिए । दाहालका अनुसार स्वच्छताको आधारमा ५० वटा बुँदामा प्रत्येक बुँदाको २ नम्बरको हिसाबले १०० पूर्णांकको आधारमा चारवटा श्रेणीमा स्तरीकरण गरिएको हो । स्वच्छताको सुधार गर्न होटल/रेस्टुरेन्ट स्तरीकरणले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

प्रकाशित : माघ २३, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षा र श्रम मन्त्रालय पनि प्रधानमन्त्रीले सम्हाल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् । रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

त्यसपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने भएका हुन् ।

उनीहरूको राजीनामा आएको भोलिपल्ट सोमबार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोकेकी हुन् ।

यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहँदै आएको छ । दाहाल नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएको रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको छ ।

प्रकाशित : माघ २३, २०७९ १५:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×