रूपन्देहीमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, २ जना घाइते- लुम्बिनी - कान्तिपुर समाचार

रूपन्देहीमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

अमृता अनमोल

बुटवल — रोकिरहेको ट्रकमा बस ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका– ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । पश्चिम नवलपरासीका ३९ वर्षीय बासु घिमिरे र १६ वर्षीय दिपेश घिमिरे घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने सबै बसका कर्मचारी हुन् ।

सिद्धार्थ राजमार्गको भैरहवास्थित अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिरहेको ट्रकमा बस र निजी कार बिहान साढे ३ बजे एकआसपासमा ठोकिएका थिए । सडकमा रोकिराहेको लु २ ख ६०६ नम्बरको ट्रकमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार ठोक्किएका थिए ।

प्रकाशित : माघ २३, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री र प्रमुख सचेतकबीच विधेयकसम्बन्धी छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न दलका प्रमुख सचेतकबीच विधेयकसम्बन्धी छलफल गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयकसम्बन्धी छलफल गरेका हुन् ।

संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै प्रधानमन्त्रीले छलफल लागि उनीहरुलाई बोलाएको दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित : माघ २३, २०७९ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×