कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बाँकेमा बुस्टर डोज लगाइने

रुपा गहतराज

नेपालगन्ज — कोरोनाको हटस्पट बनेको बाँकेमा कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज लगाउने तयारी थालिएको छ ।

बाँकेमा बुस्टर डोज लगाइने

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार ५५ वर्षमाथिका व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुस्टर डोज लगाउने तयारी गरिएको हो ।

५५ वर्षमाथिका व्यक्तिको हकमा दोस्रो खोपका लागि पहिलो बुस्टर डोज लगाएको ६ महिना पुगेको हुनुपर्छ। स्वास्थ्य कार्यालयले जिल्लाका आठ वटै पालिकासँग उल्लेखित समूहको वडाको नामावली पठाइदिन अनुरोध गरेको छ।

बाँकेमा कोरोना विरुद्धमा पहिलो र दोस्रो खोप लगाएपछि बुस्टर डोज लगाइएको थियो।

प्रकाशित : माघ १९, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?