कांग्रेस लुम्बिनीमा २१ विभाग गठन- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस लुम्बिनीमा २१ विभाग गठन

अमृता अनमोल

बुटवल — नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ । पार्टीको विधानअनुसार प्रदेशमा सभापति अमरसिंह पुनले ती विभागका प्रमुखमा मनोनयन गरेका हुन् ।

कांग्रेसले प्रदेशको संठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचारप्रसार विभागको प्रमुखमा दाङका प्रचण्डविक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डे, प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्रप्रसाद पाण्डेलाई मनोनयन गरेको छ ।

प्रदेश कार्यालय मुख्य सचिव मोहनराज शर्माका अनुसार प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, नवलपरासीका विश्वप्रेम पाठक, शुभेच्छुक संस्था समन्वय विभाग, प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, अर्घाखाँचीका जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्रनाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग, दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग, रुपन्देहीका दीर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

कपिलवस्तुका विक्रमसिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीलाकुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा विपद् व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले कांग्रेसको विधानअनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको बताए । उनले अन्य १३ वटा विभाग गठन छिट्टै गठन गर्ने बताए ।

प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ । विभागका सदस्यहरू भने विभाग प्रमुखहरूले मनोनयन गर्नेछन् । कांग्रेसले तीन दिनअघि विभाग गठन गरे पनि बुधबारमात्रै पत्रकारहरुलाई जानकारी गराएको हो ।

प्रकाशित : माघ १८, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्

उपमहानगरहरूको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै

अमृता अनमोल

बुटवल — देशभरका उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन बुटवलमा आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन माघ २१ र २२ गते आयोजना गर्न लागेको हो ।

सम्मेलनमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिने छ ।

बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।

सम्मेलनमा उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुनेछन् । साथै उनीहरूले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने छन् ।

सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुनेछ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सम्मेलनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताइन् ।

प्रकाशित : माघ १८, २०७९ २०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×