पत्नी र छोरालाई आगो लगाएर फरार - लुम्बिनी - कान्तिपुर समाचार

पत्नी र छोरालाई आगो लगाएर फरार 

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहपलुर नगरपालिका-१, शक्तिनगरमा पतिले पत्नी र छोरा छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् । आइतबार ६ बजेतिर घरमा घरायसी झगडा भएपछि पति भानुभक्त बिकले पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालयलका डिएसपी एनबहादुर मल्ले बताए । 

‘आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । थप अनुसन्धान गर्दैछौं,’डिएसपी ऐनबहादुर मल्ले भने, 'भानुभक्त घटनापछि फरार छन् खोजी कार्य जारी छ ।'

घाइते गंगा र प्रिन्सलाई नेपालगन्ज मेडिकल कलेजमा उपचारमा राखिएको छ । प्रिन्सको भने स्वास्थ्य अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ १५, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्

राजमार्गबाट ट्यांकर नै चोरी, २० हजार लिटर डिजेल निकालियो 

अवधेशकुमार झा

राजविराज — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो । 

अलमेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका-९ स्थित पेट्रोल पम्पबाट चोरी भएको थियो । आइतबार बिहान पूर्व-पश्चिम राजमार्गभन्दा उत्तर शम्भूनाथ नगरपालिका-२ खैरबनामा जंगल जाने बाटोमा स्थानीय बासिन्दाहरुले बेवारिसे अवस्थामा ट्यांकर देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

रुपनगरस्थित पेट्रोल पम्पबाट ट्यांकर लगेर डिजेल निकाली बेवारिसे अवस्थामा छोडेर चोरी गर्नेहरु फरार भएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको ट्यांकर अहिले प्रहरी नियन्त्रणमा छ । प्रहरीले ट्यांकरका चालक सप्तरीको रुपनगर नै घर भएका विनोदकुमार भुजेलसँग सोधपुछ गरिरहेको छ । ट्यांकर फेला परेपछि प्रहरीले ट्यांकरको नम्बरका माध्यमबाट ट्यांकर धनीलाई खबर गरी समेत बोलाएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी रामकुमार यादवले अनुसन्धान भइरहेको बताए । उनले बेवारिसे अवस्थामा रहेको ट्यांकर ल्याइएको, ट्यांकरको तेल निकाल्ने दुईवटा लक तोडिएको अवस्थामा फेला परेको सुनाए । ट्यांकरमा २० हजार लिटर डिजेल रहेको र चोरी गरी लग्नेले सबै निकालेका वा ट्यांकरभित्र डिजेल बाँकी रहेको बारे हेर्ने काम भइरहेको बताए ।

प्रकाशित : माघ १५, २०७९ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×