कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रपति एमालेलाई दिने सहमतिबाट माओवादी पछि हट्दैन : ज्ञवाली

गगनशिला खड्का

गुल्मी — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा नेकपा माओवादी केन्द्र पछि नहट्ने दाबी गरेका छन् ।

राष्ट्रपति एमालेलाई दिने सहमतिबाट माओवादी पछि हट्दैन : ज्ञवाली

नेकपा एमाले गुल्मीको छैठौं पूर्ण बैठकलाई तम्घासमा आइतबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमतिमा अरु दल पनि राजी भएको बताए ।

उनले उक्त सहमतिका आधारमा पनि नेकपा नेकपा माओवादी केन्द्र आफ्नो निर्णयमा पछि नहट्ने बताएका हुन् ।

‘सरकारको लागि शितलनिवासमा दाबी पेस गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई राष्ट्रपति र सभामुख दिने भन्दा अरु दल साक्षी छन् म प्रष्टताका साथ भन्छु, ’ उनले भने ‘त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक हुँदैन । सभामुखमा जस्तो निर्णय हुन्छ । म तलमाथि हुँदैन भन्ने कुरामा विश्वस्त छु ।’

नेता ज्ञवालीले नेपाली कांग्रेसले दुई दलका बीचमा 'खेल्न खोज्नु' स्वभाविक भएको तर प्रतिपक्षमा बसेर सत्तामा भाग खोज्ने कुरा आश्चर्यजनक भएको बताए ।

‘कांग्रेसले खेल्न खोज्नु स्वभाविक हो तर कांग्रेस प्रतिपक्षमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक कुरा हो, कांग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको छ,’ उनले भने ।

उनले शक्तिकेन्द्रहरुले राष्ट्रपति आफू अनुकुल ल्याउनका लागि चलखेल भइरहेको पनि जिकिर गरेका थिए ।यस्तै सरकारले प्रदेशका मन्त्रालयहरुको संख्या घटाएर राम्रो सन्देश दिएको पनि उनको भनाइ थियो ।

‘यो सरकारले सन्देश राम्रो दिएको छ, न्यूनतम सझा कार्यक्रम राम्रो छ, शेयरबजारमा राम्रो संकेत दिएको छ,’ उनले भने ‘व्यवसायमा राहत महशुस देखिएको छ, सत्ता टिकाउन यसअघि प्रदेशमा झ्यालमा मन्त्रालय रहेको अवस्थामा अहिले १६ मन्त्रालय घटाएर सुरूवाती सन्देश दिएको छ ।’

प्रकाशित : माघ १५, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?